प्रधानमन्त्रीका तीन सल्लाहकार सहित ६७ सुरक्षाकर्मीमा कोरोना संक्रमण

0

असोज १८ । प्रधानमन्त्री केपी शर्मा ओलीका ३ सल्लाहार र स्वकीय सचिव सहित ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । राजनीतिक सल्लाहार विष्णु रिमाल, प्रेस सल्लाहाकार सुर्य थापा, विदेश मामिला सल्लाहार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई हिजो कोरोना संक्रमण पुष्टी भएको हो । सचिवालयका ४ जनामा कोरोना संक्रमण पुष्टी भएपनि प्रधानमन्त्री संक्रमण बाट टाढा रहेको प्रेस सल्लाहार थापाले बताउनुभयो ।

यद्यपी प्रधानमन्त्रीको पुन स्वाव परीक्षण गरिने भएको । त्यस्तै ६७ सुरक्षाकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका २८, नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका १८ र राष्ट्रिय अनुसन्धान विभागका २ जनालाई कोरोना संक्रमण देखिएको हो ।

Share.

Leave A Reply