नवलपुरका थप १ कोरोना संक्रमितको मृत्यु

0


असोज १७, गैंडाकोट । नवलपरासी वर्दघाट सुस्ता पूर्व जिल्लाको विनयी त्रिवेणीका एक युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा विनय त्रिवेणी गाँउपालिका २ दुम्किबासका ३६ बर्षिय पुरुषको आज अपरान्ह ४ः५० बजे मृत्यु भएको हो । स्वासप्रश्वास र कलेजो सम्बन्धि समस्या रहेका उनको अस्पतालको कोभिड आइसियूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । आज दिउसो १२ बजे कोरोना संक्रमण सहित अस्पतालमा भर्ना भएका थिए । उनी असोज १३ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा बस्दै आएको जनाईएको छ । लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेको अस्पतालले जनाएको छ । यो सँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

Share.

Leave A Reply