गैंडाकोट ५ स्थित राधाकृष्ण महिला समूहमा नयाँ नेतृत्व

0


असोज १७, गैंडाकोट । पूर्वी नवलपरासीको गैंडाकोट ५ स्थित राधाकृष्ण महिला समूहको साधारण सभा तथा दोस्रो अधिबेशनले ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।

शनिबार राधा दामोदर मन्दिर प्राङ्गणमा भएको साधारण सभा तथा दोस्रो अधिबेशनले सर्वसम्मतरुपमा अध्यक्ष पदमा सुनिता गौतम ‘चन्द्रा’ लाई चयन गरेको छ । समूहको उपाध्यक्षमा दुर्गा पौडेल, सचिवमा अञ्जना तिवारी, कोषाध्यक्षमा निरु श्रेष्ठ, सह सचिवमा रुपा शर्मा रहनुभएको छ । सदस्यहरुमा सरस्वती पाण्डे, रेनु कुँवर, विमला श्रेष्ठ, धनु खनाल, तारा गिरी र सुस्मा श्रेष्ठ चयन हुनुभएको राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो ।

महिला समूह अन्र्तगत टोल सरसफाई तथा टोलमा आवश्यक सहयोग गर्ने गरेका छन् । टोल अन्र्तगत ८० घरधुरी रहेका छन् । साधारण सभामा सचिव सुनिता लम्सालले ६७ हजार ३ सय ३३ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष गंगाप्रसाद पौडेल, राधा दामोदर मन्दिरका अध्यक्ष चन्द्रकला तिवारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम समाजसेवी गिता तिवारीको प्रमुख आतिथ्य एवं समूहका अध्यक्ष विना आलेमगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply