स्थानीय झाडी तथा एकान्त ठाउँमा विशेष निगरानी गर्न गैंडाकोट १७ का स्थानीयको जोड

0


अमरापुरी असोज १७ ।
गैंडाकोट नगरपालिका वडा नम्बर १७ मा लागुपदार्थ दुव्र्यसन न्यूनीकरण सम्बन्धि एकदिने सचेतनामुलक तालिम शनिबार सम्पन्न भएको छ ।

वडामा गठित लागु औषध अपराध निषेध तथा नियन्त्रण एवं नियमन समितिको आयोजनामा अमरज्योती माविको हलमा तालिमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै वडा नम्बर १७ का वडाअध्यक्ष रत्नबहादुर खड्काले लागु पदार्थ दुव्र्यसन न्यूनीकरणका लागि व्यक्ति आफै, परिवारका सदस्यदेखि छिमेकी र सामाजिक संघसंस्था लगायत सम्पूर्ण सरोकारवाला सजग हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष खड्काले सचेतना तालिम हुनु सकारात्मक भएको भन्दै आगामी दिनमा हुने कार्यक्रमका लागि समेत अवश्यक बजेट व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागीले स्थानीय झाडी, घोल, नदि तथा खोला किनार, मसानघाट, एकान्त ठाउँमा रहेका मन्दिर परीसर लगायतका स्थान दुव्र्यसनीमा संलग्नले धेरै प्रयोग गर्ने भन्दै उक्त स्थानमा सबैले निगरानी राख्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा लागु औषध अपराध निषेध तथा नियन्त्रण एवं नियमन समितिका अध्यक्ष बाबुराम गिरीले यो क्षेत्रमा सम्पूर्ण सरोकारवालासँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा अमरज्योति माविका प्रधानाध्यापक दुर्गादत्त सापकोटा, भगवती सुवेदी, आनन्द शर्मा, कृष्ण कंडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा लागु औषध अपराध निषेध तथा नियन्त्रण एवं नियमन समितिका उपाध्यक्ष राधिका कंडेलको स्वागत तथा सचिव लक्ष्मण कंडेलले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply