४६ जनाद्वारा रक्तदान, कोभिडको त्रासका कारण रक्तदाता घटे

0


प्रेम क्षेत्री
असोज १७, गैंडाकोट । गैंडाकोटमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् ।
गैंडाकोट नगरपालिका भित्र रहेका सामाजिक विकासमा क्रियाशिल पाँचवटा विभिन्न संस्थाहरुको आयोजनामा शनिबार बिहान भृकुटीचोकमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सामाजिक विकास तथा अनुसन्धान केन्द्र (एसडिआरसी), किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहज फाउण्डेशन नेपाल, लायन्स÷लियो क्लव अफ गैंडाकोट मौलाकालिका र गैंडाकोट जेसिजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ३ जना महिला सहित ४६ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक केशव तिवारीले जानकारी दिनुभयो । हरेक वर्ष गणतन्त्र दिवसका दिन हुँदै आएको बृहत खुल्ला रक्तदान कार्यक्रम यसपटक कोभिड १९ का कारण पछि सरेको उहाँले बताउनुभयो । अघिल्ला वर्षका तुलनामा यसपटक कममात्रामा रक्तदान गरेका छन् । कोभिड १९ को संक्रमणको त्रासका कारण रक्तदाता घटेका हुन् । रक्तदाताहरुले दिएको रगतको कोभिड १९ समेत जाँच हुने भएकाले संक्रमणको त्रासका कारण रक्तदाता कमैमात्रामा उपस्थित भएको आयोजकको आंकलन छ ।


यसअघि कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका उप प्रमुख विष्णुकुमारी कंडेलले मानविय सहयोगले नै पुण्य प्राप्त हुने बताउँदै यस्ता कार्यक्रममा सहभागि हुन आग्रह गर्नुभयो । रक्तदान जस्तो महानकार्यमा यहाँका संघ संस्थाहरुले निरन्तर देखाएको सक्रियताको उहाँले प्रशंसा गर्नुभएको थियो । रक्त अभावलाई पूत्र्ति गर्न र कसैको जीवन बचाउन यसले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले १०८औं पटक रक्तदान गरिसक्नुभएका रक्तदाता खुमनाथ पौडेललाई ब्लड ब्याग दिएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो कार्यक्रमम रक्तदाता खुमनाथ पौडेललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
त्यस्तै वडाअध्यक्षहरुको तर्फबाट बोल्दै गैंडाकोट २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले कोभिडका कारण बनेको असहज परिस्थितीमा पनि कार्यक्रम गर्नु सराहनिय रहेको बताउनुभयो । कार्यक्रममा स्वागत गर्दै किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीहरि चालिसेले मानविय सहयोगमा जुट्न सबैलाई आह्वान गर्नुभएको थियो ।
औपचारिक कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने, वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेल, आयोजक संस्थाहरु सहज फाउण्डेशनका उपाध्यक्ष डिल्लीप्रसाद सिग्देल, लायन्स क्लव अफ गैंडाकोट मौलाकालिकाका अध्यक्ष गणेशबहादुर केसी, गैंडाकोट जेसिजका निवर्तमान अध्यक्ष भानु रिमाल, लियो क्लब अफ गैंडाकोट मौलाकालिकाका अध्यक्ष कविर गौतम लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । उद्घाटन कार्यक्रम सामाजिक विकास तथा अनुसन्धान केन्द्रका सचिव सुभास चापागाईले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply