नवलपुरको गैंडाकोट क्षेत्रमा रातको समय वढि दुर्घटना, असोज १२ सम्म ४६ सवारी दुर्घटना

0

पूर्वपश्चिम राजमार्गको गैंडाकोट खण्डमा गुडेका सवारी

डोलराज रानाभाट, गैंडाकोट, असोज १६ ।

गैंडाकोट नगरपालिका क्षेत्रभित्र रातको समय वढि सवारी दुर्घटना हुने गरेको तथ्याङ्कले देखाएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ को असोज १२ सम्म ४६ वटा सवारी दुर्घटना भएका छन् ।
समय अनुसार विश्लेषण गरि सार्वजनिक गरिएको तथ्याङक अनुसार साँझ ६ बजेदेखि राति १२ बजेसम्म सवैभन्दा धेरै १७ वटा सवारी दुर्घटना भएका छन् । त्यसपछि दोस्रो धेरै दुर्घटना हुने समय दिउसो २ देखि साँझ ६ बजेसम्म १२ वटा सवारी दुर्घटना भएका छन् । विहान ६ बजेदेखि १० बजेसम्म र १० बजेदेखि दिउसो २ बजेसम्म भने समान ७ वटा र राति १२ बजेदेखि विहान ६ बजेसम्म ३ वटा सवारी दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको सवारीमध्ये ३९ वटा सवारी दुर्घटना सामान्य प्रकृतिका, २ वटा मध्यम, ४ वटा गम्भिर प्रकृतिको र एउटा दुर्घटनामा भने मानिसहरुको मृत्यु नै भएको छ । दुर्घटनामा पर्ने सवारी साधनमा मोटरसाइकल धेरै छन् । जसमा २९ वटा मोटरसाइकल ,१३ वटा ट्रक , ६ वटा कार तथा स्कारपियो र ४ वटा बस तथा अटो दुर्घटनामा परेका छन् ।

यसरी आएको तथ्याङ्कलाई विश्लेषण गरी सवारी दुर्घटना न्यूनिकरण गर्न विशेष योजना बनाएर लागु गर्ने प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । चाडपर्व नजिकिदै जाँदा चेकजाँच थप वढाउने र दुर्घटना न्यूनिकरणका लागि यही अनुसार योजना बनाएर प्रहरीले कार्यान्वनय गर्ने उहाँको भनाई छ।

 

अहिलेको समय गैंडाकोट नगरपालिकाले पनि विशेष सहयोग गरेको भन्दै थापाले धेरै ठाउँमा सीसीटिभी जडान गरिएको बताउनुभयो । रातको समय उज्यालो नहुँदा भएको समस्या समाधानका लागि वत्ति जडान गर्ने गरी पहल भइरहेको जानकारी दिनुभयो । वत्ती जडान भयो भने रातको समय दुर्घटना गराएर भाग्न खोज्नेहरुपनि सीसीटिभीमा क्याप्चर हुने र पत्ता लगाउन सजिलो हुने बताउनुभयो ।

Share.

Leave A Reply