ट्याक्टर दुर्घटना हुँदा देवचुली ६ मुण्डेमा १ जनाको मृत्यु

0

असोज १६ । नवलपुरको देवचुली नगरपालिका वडा नं. ६ मुण्डे स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दलदले बजार बाट धोवादी तर्फ जादै गरेको लु २ त ५४०६ नम्वरको खाली ट्याक्टर आफै अनियन्त्रित भई हिजो सडक देखी करिव २० फिट तल खेतमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परि ट्याक्टर चालक देवचुली ९ का २८ वर्षीय किरण गुरुङको मृत्यु भएको हो । ट्याक्टरमा सवार सोही ठाउँका १८ वर्षीय बिक्रम तामाङ र वर्ष ५३ का धन बहादुर तामाङ घाईते भई पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको डिएपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply