कार्यालय बन्द गरेर स्वाब संकलन गरिदैं, ३ जना कर्मचारीमा कोरोना पुष्टि

0

प्रेम क्षेत्री

असोज १५, गैंडाकोट । ३ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि गैंडाकोट नगरकार्यपालिकाको कार्यालय नै बन्द गरेर स्वाब संकलन गरिने भएको छ ।

नगरपालिकामा कार्यरत कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएपछि कार्यालय नै बन्द गरेर स्वाब संकलन गर्न लागिएको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । नगर कार्यपालिकाको कार्यालयमा रहि सेवा प्रवाह गर्नुहुने जनप्रतिनिधिहरु र कर्मचारीको कोभिड १९ जाँच हुने उहाँको भनाई छ ।

शुक्रबार बिहान ६ बजे गैंडाकोट नगर कार्यपालिकाको कार्यालय परिसरमा स्वाब संकलन गरिने र उक्त दिन कार्यालय बन्द हुने सूचना जारी गरिएको छ ।

यसअघि कर्मचारीमा कोरोना पुष्टि भएपछि उनिहरुको कन्ट्रयाक टे«सिङमा आएकाहरुको स्वाब संकलन गर्न लागिएको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक टे«सिङमा पर्नेहरु पनि खुलेआम हिंडेको भन्दै आलोचना हुँदै आएको छ ।

गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार पहिलो संक्रमित व्यक्तिको कन्ट्रयाक टे«सिङमा आएका २ जना गरि नगरपालिकामा हालसम्म ३ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनिहरु होम आईसोलेसनमा रहेका छन् ।

पछिल्ला संक्रमितको कन्ट्रयाक टे«सिङमा आएका र दोस्रो तथा तेस्रो कन्ट्रयाक टे«सिङमा रहेकाहरुको पनि कोभिड १९ जाँच गरिने उहाँले बताउनुभयो । कर्मचारी र जनप्रतिनिधि एकै कार्यालयबाट सेवा प्रदान गर्दै आएपनि नगरपालिकामा अहिलेसम्म जनप्रतिनिधिमा कोरोना संक्रमण नपाईएको उहाँको भनाई छ ।

हाल गैंडाकोटमा ६६ जना सक्रिय संक्रमित रहेका छन् । सामुदायिक आईसोलेसनमा १४ जना रहेका छन् भने ५२ जना होम आईसोलेसनमा रहेका छन् । हालसम्म गैंडाकोटमा २१८ जना कोरोना संक्रमण पुष्टि भएको छ । १५० जना आइसोलेसनमा बसी निको भएपछि घर फर्किएका छन् ।

हालसम्म १५६ जना स्थानीय संक्रमित रहेका छन् । कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् ।

गैंडाकोटमा हालसम्म १६८१ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ । अहिले पनि ७ जना सामुदायिक र १२ जना होम क्वारेन्टाईनमा गरि १९ जना क्वारेन्टाईनमा रहेका छन् ।

Share.

Leave A Reply