गैंडाकोटका ११ सहित प्राकृतिक चिकित्सालय रजहरबाट ५१ जना कोरोनामुक्त

0

file photo

गैंडाकोट, असोज १४ । गैंडाकोट नगरपालिकाका ११ जना सहित जिल्लाका ५१ जना आज कोरोनामुक्त भएको प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार गैंडाकोट नगरपालिकाका वडानम्व्र २, ३, ४, ५, ७ , १० र १२ का २१ द्येखि ५७ वर्षसम्मका ६ महिला र ५ पुरुष रहेका छन् ।

त्यस्तै विनयी त्रिवेणी गाउँपालिकाका ५ महिला ४ पुरुष गरी ९ जना, देवचुली नगरपालिकाका ५ महिला र १४ जना पुरुष गरी १९ जना, कावासोती नगरपालिकाका ५ जना महिला र १ जना पुरुष गरी ६ जना, हुप्सेकोट गाउँपालिकाका ३ जना महिला र १ जना पुरुष गरी ४ जना, मध्यविन्दु नगरपालिकाका १ महिला १ पुरुष गरी २ जना रहेको छन् ।

गत असोज १३ गते मंगलवार संकलन गरिएको स्वावको रिपोर्ट नेगेटिभ आएपछि आज साँझ ७ बजे उनीहरु अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका निर्देशक डा विनोद पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply