गैंडाकोट नगरपालिकाका एक कर्मचारी सहित २८ जनामा कोरोना संक्रमण

0

file photo

गैंडाकोट, असोज १३ । नवलपुरको गैंडाकोट नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार हिजो ७८ जनाको स्वाव संकलन गरिएको थियो । ७८ जनाको स्वावमा २८ स्वावको रिपोर्ट पोजेटिभ आएको पौडेलले विजय एफएमलाई जानकारी दिनुभयो । उनीहरु वारेको विस्तृती विवरण भोलि विहान १० बजेपछि मात्रै सार्वजनिक हुने बताउनुभयो ।

२८ मध्ये एक जना नगरपालिकाका कर्मचारी विगत एक हप्तादेखि नै होम क्वारेनटाइनमा वस्नुभएको पौडेलले जानकारी दिनुभयो । केही घट्दै गएको संक्रमणको दर नगरपालिकामा फेरि बढेको छ । नगरपालिकाका सवै पसल, पेशा व्यवसाय सवारी संचालनमा छन् तर कोरोनाबाट बच्ने मापदण्डको पालना गर्नेहरु घट्दै गएका छन् भने मास्क लगाउनेहरु खुल्लारुपमा हिँड्ने गरेका छन् ।

यसअघि भल निकासका लागि स्थानीयको भीडले पनि कोरोना संक्रमण जोखिम उत्तीकै वढाएको थियो । अहिले विदेशबाट आएर क्वारेनटीनमा वस्नेहरुमा भन्दा स्थानीयमा वढिमात्रामा संक्रमण देखा परेको छ ।

आज थपिएका सहित नगरपालिमा कुल सक्रमितको संख्या २१४ पुगेको छ भने हालसम्म १४० जना निको भइसकेको छन् । नगरपालिकामा हालसम्म २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Share.

Leave A Reply