चितवनमा कोरोना संक्रमितको मृत्यु

0

चितवन, असोज १३ । चितवनमा हिजो एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित भरतपुर महानगरपालिका वडा न ७ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । केही समय देखिनै मृगौला फेल भइ डायलासिस गरिरहेको र २०७७ असोज ४ गते कोभिड पुष्टी भएको थियो । खोकी र स्वासप्रवासमा समस्या भइ अस्पतालको आइसोलेसन वार्डमा २०७७ असोज ७ गते भर्ना हुनुभएको उहाँको स्वास्थ्य अवस्था थप जटील हुदै गएपछि असोज ८ गते कोभिड आइसियूमा राखी उपचार गरिनुका साथै नियमित डायलायसिस प्रक्रिया अनुसार डायलायसिस समेत गरिएको अस्पतालले जानकारी दिएको छ । उपचारको सबै उपायहरु गर्दा गर्दै असोज १२ गते दिनको १ः२० मृत्यु भएको अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply