गैंडाकोट २ मा ७९ वटा कुकुरलाई रेविजविरुद्धको भ्याक्सीन लगाइयो

0

गैंडाकोट, असोज १२ । रोट्¥याक क्लब अफ गैंडाकोटले विश्व रेविज दिवसको अवसर पारेर गैंडाकोट २ मा छाडा कुकुरलाई रेविजविरुद्धको भ्याक्सीन लगाएको छ ।
गैंडाकोट २ को विजय भेट फर्मा देखी भृकुटीचोकसम्मका ७९ वटा कुकुरलाई रेविजविरुद्धको भ्याक्सीन लगाईएको हो । कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष धुब्रराम पौडेलले निकै राम्रो कार्यक्रम आयोजना गरेको भन्दै अन्य निकायसँग पनि समन्वय गरेर यी कार्यक्रम गर्नुपर्ने बताउनुभयो । नेपाल भेटेरीनरी स्टुडेन्ट एसोसियसन एनपिआई र ईन्टरनेशनल भेटेरीनरी स्टुडेन्ट एसोशियसन एनपिआईको प्राबिधिक सहयोग रहेको थियो । सन् २०३० सम्म विश्वभरि रेविज उन्मुलन गर्ने लक्ष्य रहेको र सोही लक्ष्यलाई सफल पार्न रोट्¥याक क्लब अफ गैंडाकोटले छाडा कुकुरलाई रेविजविरुद्धको भ्याक्सीन लगाएको रोट्¥याक क्लब अफ गैंडाकोटका क्लवका विनायक खनालले बताउनुभयो ।
कार्यक्रममा संयोजक पुरुषोत्तम काफ्ले , डा.सुनिल ज्ञवाली  र स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण बर्षा सापकोटाले गर्नुभएको थियो । डायमण्ड फेन्सी नारायणगढले सौजन्य गरेको कार्यक्रम रोट्¥याक क्लब अफ गैंडाकोटका  विवेक गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply