बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनले जुम प्रविधिबाटै मनायो २१ औँ बार्षिकउत्सव

0

चितवन, असोज १० । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यो सरकार बोल्ने नभई काम गर्ने सरकार भएको बताउनुभयो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको २१ औँ वार्षिकोत्सव तथा १६ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसलाई जुम प्रविधिबाट सम्वोधन गर्दै मन्त्री ढकालले अस्पतालको थप विकासमा सरकारले सहयोग गर्ने बताउनुभयो । साथै कोभिड १९ बाट जनताको ज्यान बचाउन सरकार लागिरहेको र नारामा जनतालाई भुलाउने नभई सेवा प्रदान गरी सरकारको उपस्थिती देखाउँदै आएको दावी गर्नुभयो । साथै अहिले कोभिड १९ को अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता सहित विमा सेवा उपलब्ध गराएको बताउनुभयो ।


२०५७ साल असोज १० गते देखि विधिवत सेवा प्रारम्भ गरेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो २१ औँ वार्षिकउत्सव मनाएको हो । कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेकाले जुम प्रविधि मार्फत अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रमुुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । साथै १६ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस पनि आजै परेकोले वार्षिकत्सव सँगै मनाइएको छ ।

अस्पतालका अध्यक्ष एवम कार्यक्रमका सभापति डा निर्मल लामिछानेले गुणस्तरीय सेवा दिन प्रविधि र भौतिक संरचनाको विकास गर्दै लैजाने बताउनुभयो ।
अस्पतालको निर्देशक डा देज कुमार गौतमले आर्थिक वर्ष २०७६÷०७७ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १ लाख ४५ हजार ७ सय ७६ जनाले उपचार लिएको बताउनुभयो । जसमा नयाँ ३२ हजार ८३१ जना नयाँ विरामी र ४ हजार ८ सय ९४ जना नयाँ क्यान्सरका विरामी रहेका छन् ।
त्यस्तै गत भाद्र २१ गते देखि संचालनमा आएको कोरोना ल्यावमा २ हजार ६४ स्वाव परीक्षण भएको र १४४ जना संक्रमित रहेको मध्ये ५६ जना अस्पतालकै कर्मचरी रहेका छन् भने ५० जना निको भएका छन् । कोरोनाको कारणले ७ देखि ८ सय विरामी आउने अस्पतालमा अहिले ५० प्रतिशत मात्रै विरामी आउने गरेका छन् ।
गणतन्त्र चिन सरकारको सहयोगमा स्थापना भएको अस्पतालले देशभरका विरामीलाई सेवा दिइरहेको छ । चीनले हरेक वर्ष १६ जना विशेषज्ञ चिकित्सक सहितको टोली पठाउने गर्दछ । साथै चीन सरकारले विभिन्न स्वास्थ्य उपकरण समेत सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै अस्पतालका उप निर्देशक डा कृष्णसागर शर्माले ४५० वेडमार्फत अस्पतालले सेवा दिइरहेको बताउँदै समयमै उपचार गर्न आए क्यान्सर रोग निको हुने बताउनुभयो ।

Share.

Leave A Reply