भरतपुर १३ मा बाघको आक्रमणबाट एकजनाको मृत्यु

0

file photo

प्रेम क्षेत्री
असोज १०, चितवन । चितवनको भरतपुर महानगरपालिका १३ मा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका १३ सिमलगैह्री स्थित बेलसहर मध्यवर्ती सामुदायीक बनमा घाँस काट्ने क्रममा करिब पौने १२ बजेको समयमा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर १३ सिमलगैह्रीका ६३ वर्षका जन्हु महतोलाई घाँस काट्ने क्रममा एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले पनि बाघले निजलाई च्यापेर राखेको प्रहरीले जनाएका छन् ।
बाघले आक्रमण गरेको भन्ने जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गितानगरबाट प्रहरीको टोली र स्थानिय समेतको टोली घटना स्थलमा पुगेका छन् । प्रहरीका अनुसार सो स्थानमा अहिले चितवन राष्ट्रिय निकुञ्ज र सौराहबाट हात्ती सहितको टोली समेत बोलाईएको छ ।
बाघले आक्रमण गरेपछि स्थानीय त्रसित बनेका छन् । अहिले बाघलाई नियन्त्रणमा लिन स्थानीयले दवाव दिईरहेका छन् ।

Share.

Leave A Reply