चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

0

असोज १०, चितवन । चितवनमा कोरोना सङ्क्रमित मकवानपुरका एक वृद्धाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय वृद्धाको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार श्वासप्रश्वास तथा निमोनियाका विरामी समेत रहेका उनको गएराती १२ः१८ बजेको समयमा मृत्यु भएको हो ।
श्वासप्रश्वास तथा निमोनियाको समस्या भए पश्चात उनि गत असोज ३ गते अस्पताल भर्ना भएकोमा असोज ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई सघन कक्षमा राखेर उपचार चलिरहेको थियो । चिकित्सकको अथक प्रयासका बाबजुद् गएराती मृत्यु भएको प्रेस विज्ञप्तीमा जनाईएको छ ।

Share.

Leave A Reply