विपत व्यवस्थापन समितिको बैठक, भलको डिपीआर सहित दीर्घकालिन निकास गरिने

0

पबित्रा पराजुली, असोज ९ । गैँडाकोट नगरपालिकामा ढल निकासको दीर्घकालिन योजना बन्न नसक्दा सामान्य बर्षाको समयमा पनि गैँडाकोट का केही भुभाग जलमग्न हुने गरेको छ ।

 

शुक्रवार गैँडाकोटका विन्भिन स्थानमा आएको भलबाढीको निकास , नारायणी किनारमा बस्ती सुरक्षित गर्ने , झरेखोलाको तटबन्ध , वडा पिपद् व्यपवस्थापन समितिको गठन र एकिकृत शहरी विकास योजना निमार्ण सम्बन्धमा विपत व्यवस्थापन समितीको बैठक बसि  ढल निकासको लागी तत्कालको समस्या  समाधान गर्न काम सुरु गरिने र डिपीआर तयार पारी दिर्घकालीन योजना बनाई बजेट छुट्टाएर छिटै काम  सुरु गरिने निणर्य भएको छ ।

गैँडाकोट नगरपालिकाका नगर प्र्रमुख छत्रराज पौडेलले भल निकासको लागी पहिले देखिनै काम भइरहेको र लकडाउनका कारणले काम रोकीदा यो समस्या आएको बताउनुभयो । गैडाकोटमा काम भईरहेको तर बाहिर नदेखीएको बताउदै नगर प्रमुख पौडेलले अबको एक बर्षमा देखिने गरि काम हुने र डुवानको समस्या पनि समाधान हुने बताउनुभएको छ ।

 

पौडेलका अनुसार गैँडाकोटको वडा नम्बर २ र ४ मा ढल निकासको काम भईरहेको र यो कामले पूर्णता पाउनासाथ गैडाकोटको ९० प्रतिशत काम सम्पन हुने दावी छ । साथै गैडाकोट १४ , १७ को समस्या पनि बाटो विस्तार सँगै समाधान हुनेछ ।

 

आजको बैठकमा  गैँडाकोट नगर उपप्रमुख बिष्णु कुमारी कंडेल , प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल लगाएत विभिन्न वडा का वडा अध्यक्ष , इन्जिनियर लगाएतको उपस्तिथी रहेको थियो ।

Share.

Leave A Reply