यामाहाको रे जेडआर १२५ एफ आई स्कुटर नारायणगढमा

0


८ असोज, नारायणगढ । चितवनको आधिकारिक बिक्रेता नविन अटो सेन्टर नारायणगढमा यामाहाको रे जेडआर १२५ एफआई लन्च गरिएको छ ।
यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिनलगाइएको छ । साथै, अंग्रेजीअक्षर ‘वाई’ आकारको नयाँएलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनकफिचर रहेका छन् । यसको वजन ९९ केजीमात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुकाको स्कुटर बनाएको छ ।
नयाँ रे जेडआर १२५ एफआईमा मेजर रिफाइनमेन्टहरु गरिएका छन् । यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर हो जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गतिलिन सक्ने जनाईएको छ । साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको जनाईएको छ । अन्यफिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको बारे नविन अटो सेन्टरका प्रवन्ध निर्देशक कपिल सागर कर्माचार्यले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले व्यवसाय सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा नयाँ स्कुटरको स्टाइल र फिचरको बारेमा नविन अटोका बिजनेज हेड राजु स्वर्णकारले जानकारी गराउनुभएको थियो ।

Share.

Leave A Reply