गैँडाकोटका बस्तीभित्र भलकै कारण डुबानमा, भल निकासको प्रयास जारी

0


गैँडाकोट । गैँडाकोटमा भलको दीर्घकालीन निकास नहुँदा बस्ती क्षेत्र सधैँ डुबानमा पर्ने गरेको छ । पानी पर्नासाथ विशेषगरि गैंडाकोट ४ का बासिन्दालई उठिबास गराएको छ ।
लगातार परेको वर्षाबाट सृजित भल निकास गर्ने गैँडाकोटमा उचित नाला नभएकै कारण डुबानमा परेको हो । यद्यपि बिहानैदेखी भल निकासको प्रयास जारी छ । स्काभेटर लगाएर राजमार्गको छेउबाटै नाला ठूलो गराई पानी निकासको काम भईरहेको छ । केही स्थानीयका अवरोधकाबीच काम अघि वढेको छ । स्थानीयको दवाव र अवरोधका कारण जनप्रतिनिधीले समेत हैरानी व्यहोरीरहेको बताएका छन् । दिर्घकालिन निकासको चर्को दवाव स्थानीयको छ । गैंडाकोट २, ४, ५ र ८ मा जमेको पानी अहिले राजमार्गबाट नै बगेको छ ।
तिनदनदेखी नगरवासी रातभर जाग्राम छन् । पानी पर्ने बित्तिकै रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको स्थानीयको भनाई छ । गैँडाकोट २ र ४ का बस्तीभित्र भल पसेको छ भने पानी तालिएर हिँडडुल गर्न नसकिने अवस्था छ । समृद्ध गैँडाकोट महाअभियान जारी रहेको बताएपनि नगरवासीले भल निकास नहुँदै सास्ती खेप्नु परेको छ । विशेष गरी नमुना बोर्डिङ स्कुलदेखि जनक माविबाट भित्र झपर्दी बस्ती, कालिगण्डकी चोक, वडा नम्बर ४ तर्फको मुख्य राजमार्ग छेउका पसलहरु पनि पूरै डुबानमा परेका छन् ।
जनक माविबाट राजमार्गको छेउहुँदै जयश्री खोलासम्म ढललाई चक्ला बनाई पानी निकासको कार्य जारी रहेको छ । अहिले पनि गैंडाकोट क्षेत्रमा पानी परिरहेको छ ।

Share.

Leave A Reply