नारायणी नदीले खतराको तह नाघ्यो, वस्तिमा वाढी

0


प्रेम क्षेत्री, असोज ८, गैंडाकोट ।
निरन्तरको वषापछि नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । ३ दिनदेखी निरन्तर परेको वर्षापछि नारायणी नदीको बहाब पनि बढ्दै गएको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदी देवघाट क्षेत्रमा खतराको तह पार गरेको छ । खतरा तह पार गरेसँगै नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन अनुरोध गरेको छ । साथै पानी निरन्तर परिरहेकोले वाढि अझै वढ्न सक्ने अनुमान गरेको छ ।

बिहान ११ बजे देवघाट क्षेत्रतर्फ पानीको सतह ८.०६ मिटर पुगेको छ । यहाँ पानीको सतह ८ मिटर पुगेमा खतराको तह पार गरेको मानिन्छ । यस्तै पुल तर्फ नारायणी नदीमा पानीको सहत ११.३९ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ । नारायणी नदीमा पानीको सतह उच्च भएसँगै नदी तटिय क्षेत्रमा पानी पसेको छ ।

गैंडाकोट २ को बोटेटोल लगायतका स्थानमा घरमा पानी पसेको छ । अहिले सम्म मानविय तथा ठूलो मात्रामा धनमाल क्षति नभएको खबर प्राप्त भएका छन् । घरभित्र पानी पसेपछि स्थानियले सामान सुरक्षित स्थानमा सारेका छन् । निरन्तर वर्षासंगै बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई नगरपालिका तथा प्रहरी प्रशासनले सतर्क रहन अनुरोध गरेका छन् ।

Share.

Leave A Reply