तनहुँका कोरोना संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु

0

चितवन, असोज ८ । तनहुँका एक कोरोना संक्रमित ३९ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । गत भदौ २९ गते डायलाइसिस गर्न चितवन मेडिकल कलेजमा भर्ना भएका आबुखैरेनी–३ का  उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

सघन कक्षमा राखेर उपचार भइरहेको उनको आज विहान १२ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । योसंगै चितवनमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

चितवन मेडिकल कलेजमा मात्रै मृत्यु हुनेको सख्या १६ पुगेको छ । मत्यु हुने ३५ मध्ये चितवनका मात्रै १८ जना रहेका छन् ।

Share.

Leave A Reply