नेपाल क्रिक्रेट संघको साधारण सभा असोज २८ गते गर्ने निर्णय

0

चितवन, ७ असोज । नेपाल क्रिक्रेट संघले आफ्नो वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको छ । असोज ६ गते चितवनमा सम्पन्न बोर्ड बैठकले उक्त निर्णय गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिनुभयो ।

कोभिड १९ को संक्रमणको जोखिम र लकडाउनका कारण हुन नसकेको साधारण सभा जुम प्रविधिबाट गर्ने र वातावरण अनुकुल भए भौतिक उपस्थितीमा सभा गर्ने उहाँले बताउनुभयो ।

 

त्यस्तै बैठकले आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ सम्मको अडिट रिपोर्ट पास गरेको छ । त्यस्तै राष्ट्रिय क्रिक्रेट टिमका पुरुष र महिला खेलाडीहरु र कर्मचारीहरुको दुर्घटना बिमा गर्नका लागि एक हप्ता भित्र प्रतिवेदान बुझाउने गरि संघका कोषाध्यक्ष रोशन कुमार सिँहको संयोजकत्वमा समिति गठन गरिएको छ जसका सदस्यमा दुर्गाराज पाठक र छुम्बी लामा रहेका छन् । यो सहित विभिन्न ९ वटा निर्णय गरिएको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । बैठक चितवनको भरतपुर गार्डेन रिसोर्टमा बसेर सकिएको थियो । यसैविच संघका पदाधिकारीहरुले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको पनि अवलोकन गरेका थिए ।

Share.

Leave A Reply