६ महिना देखि वन्द आन्तरिक उडान खुला भएसँगै भरतपुर विमानस्थालमा ४ उडान

0

डोलराज रानाभाट, ५ असोज,चितवन । आज देखि आन्तरिक हवाई उडान खुल्ला भएसँगै पाइलट यात्रु दुवै खुशी देखिएका छन् । ६ महिनादेखि वन्द भएको उडान आजदेखि नियमित भएसँगै यात्रा गर्न विहानै भरतपुर विमानस्थलमा यात्रुहरु पुगेका थिए ।

जहाजभित्र कोभिड १९ को संक्रमण हुन नदिन सुरक्षा सवै उपाय प्रयोग गरिएको यति एअरलाइन्सका क्याप्टेन सविन बहादुर मल्ले बताउनुभयो । काठमाण्डौका लागि यात्रा गर्न तयार भरतपुरका प्रकाश सापकोटा पनि हवाई यात्राका लागि अपनाइएको स्वास्थ्य मापदण्ड पर्याप्त रहेको बताउनुहुनछ ।

भरतपुर विमानस्थल प्रमुख योगेन्द्र कुँवरका अनुसार आजदेखि बुुद्ध एयरका दुईवटा र यति एयरका दुईवटा गरी चारवटा उडान भएका छन् । स्वास्थ्यमन्त्रालयले दिएको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरै यात्रु ल्याउन लैजाने गरिएको उहाँको भनाई छ । काठमाडौँबाट आएको पहिलो उडानमा आधा यात्रु आए पनि भरतपुरबाट काठमाडौँ जाने उडानमा भने यात्रु भरिएका थिए ।

भाडामा पनि सामान्य अवस्थामा जस्तै लिने गरिएको र सार्वजनिक बसमा जस्तो आधा यात्रु बोक्ने र भाडा बढी लिने काम नगरिने बताउनुभयो । अहिले विमानस्थलमा दुरी कायम गर्न ठाउँ तोकिएको छ भने फेस सिल्ड समेत उपलब्ध गराई सुरक्षित यात्राको प्रवन्ध मिलाइएको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply