मोटरसाइकल अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु

0

चितवन, ५ असोज । नारायणगढ मुग्लिङ सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ । सडकखण्डको ५ किलो भन्ने स्थानमा मोटरसाइकल अनियन्त्रित भई पल्टिएको हो ।

नारायणगढ बाट मुग्लिन तर्फ जादै गरेको ग ५ प ५०६४ नम्वरको मोटरसाइकल पल्टदा पछाडी वसेका गोर्खा शहिदलखन गाउँपालिका ५ का ४५ वर्षीय सुन बहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गम्भिर घाईते भई पुरानो मेडिकल भरतपुरमा उपचारत सुन बहादुर थापा मगरको मृत्यु भएको । चालक सोही ठाउँका १८ वर्षीय करण आले मगरको उपचार भइरहेको छ ।

Share.

Leave A Reply