नवलपुरको कावासोती १५ मा खुर्पा प्रहार गरी ससुराको हत्या

0

गैंडाकोट, ५ असोज । नवलपुरको कावासोती नगरपालिका १५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

ज्वाइँ मगरले ससुरालाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो । हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् । प्रहरीको निगरानीमा उनको पनि त्यही उपचार जारी रहेको खाँणले बताउनुभयो ।

Share.

Leave A Reply