लागु औषध सहित गैंडाकोटका २ जना पक्राउ

0

सांकेतिक फोटो

गैंडाकोट, ४ असोज । गैंडाकोटका व्यक्तिहरु पछिल्लो समय लागू औषध र जुवातास तथा सट्टेवाजीमा पक्राउ पर्नेक्रम वढ्दो छ । यी गतिविधिमा अधिकाँश युवाहरु नै वढि मात्रामा संलग्न देखिएका छन् ।

असोज २ गते राति ९ बजेर ४५ मिनेटमा लागु औषध सहित गैंडाकोट नगरपालिका वडा नम्वर ९ बस्ने २७ वर्षीय अनिल गुरुङ र गैंडाकोट ७ बस्ने २४ वर्षीय बिकाश दरै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक डिएसपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो । उनीहरुलाई कावासोती न.पा. वडा नं. ८ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा लागु औषध फेला पारेको थियो ।

पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना ३३ प ३१८८ नम्वरको मोटरसाइकलमा सवार उनीहरुले लगाएको ज्याकेट भित्री खल्ती बाट लागु औषध डाइजापाम १५ एम्पुल,फेनारगन १५ एम्पुल, नुर्फिन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल र प्रयोग नभएको नयाँ सिरिञ्ज ५ वटा समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु विरुद्ध लागु औषध मुद्धामा नवलपुर जिल्ला अदालत बाट मिति २०७७।०६।०२ गते बाट लागु हुने गरी दिन १० (दश) को म्याद थप भई अनुसन्धान भई रहेको छ ।

Share.

Leave A Reply