कुनै पनि कर्मचारीले सेवाग्राहीलाई दुख दिएका छैनन, चाँडै नि:शुल्क नक्सा बनाइदिने नियम लागु हुन्छ ः नगरप्रमुख पौडेल

0

४ असोज, गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगरपालिकाका सात कन्सल्टेन्सीले दावी गरेजस्तो सेवाग्राहीलाई कुनैपनि समस्या नभएको प्रष्ट पार्नुभएको छ । नगरप्रमुख पौडेलले ध्यानाकर्षण पत्रमा दावी गरिएको कुरा सत्य नभएको भन्दै नयाँ वा पुरानो कुनै पनि प्राविधिक कर्मचारीले सेवाग्राहीलाई समस्या नदिएको बताउनुभएको हो ।

नगरवासीकै सेवाका लागि अहिले नगरपालिकाकाले निरन्त काम गरिरहेको उहाँको भनाई छ । नगरकार्यपालिकाको ६८ औँ बैठकले १ हजार स्वाक्यर फिटभन्दा कम एकतला सम्मको घर नक्सा निशुल्क बनाइदिने निर्णय गरेको भन्दै कार्यविधि बनाएर चाँडै लागु हुने जानकारीदिनुभयो ।
यता प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले पनि नगरपालिकाले छिट्टै भवन निर्माण आचर संहिता जारी गर्ने र स्वास्थ्य, वलिया र वास्तु अनुसारका घर निर्माणमा जोड दिने बताउनुभयो । घर निर्माणमा नेपाल सरकारको मापदण्ड भएकाले त्यही अनुसार कार्यान्वयन हुने र कसैलाई खुशी वनाउन नियम विपरीत स्थानीय सरकार जान नसक्ने प्रष्ट पार्नुभयो । यस अघि सात वटा कन्सल्टेन्सीहरुले ध्यानाकर्षण पत्र जारी गरी नयाँ प्राविधिक कर्मचारीले नक्सा पासमा सेवाग्राहीलाई दुखि दिएको बताएका थिए ।

आज तिनै असन्तुष्ट पक्षसँग छलफल गरिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत भुषालले ध्यानाकर्षण पत्रमा रहेका कुराहरुको वुँदा बँुदामा छलफल गरेको बताउनुभयो । कन्सल्टेन्सीले चाहे अनुसार नभई नगरपालिकाको नियम अनुसार घर नक्सा पास हुने बताउँदै उहाँले नगरपालिकाले दुई वटा नीति लिएको बताउनुभयो ।

अव देखि गैंडाकोटमा नमुना घरहरुको मोडल होम बनाउने र नगरवासीलाई छनौट गर्न दिइ सोही अनुसारको नक्सा बनाउने बताउनुभयो । साथै कस्तो घर वनाउँदा गैंडाकोटका लागि उपयुक्त हुन्छ भन्ने वारे पनि छलफल गरेर कसरी अझै सजिलै नक्सा पास गर्न सकिन्छ ? भन्ने विषयमा कन्सल्टेन्सीका प्रतिनिधि र नगरपालिकाका नक्सा शाखा प्रमुख वसेर छलफल गरिने विजय एफएमलाई बताउनुभयो ।

Share.

Leave A Reply