उपचारका लागि आर्थिक सहयोग

0


पुष्कर अधिकारी
असोज ३, गैंडाकोट । आर्थिक अभावमा उपचार पुरा गर्न नसकेकी गैंडाकोट ५ की अमृता कुमालको उपचारका लागि आर्थिक सहयोग जुटेको छ ।

विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा जुटेको रकम शनिबार गैंडाकोट ५ का वडाअध्यक्ष नवराज कंडेलले हस्तान्तरण गर्नुभएको छ । नवलपुर समाज जापानबाट ढुण्डीराज आचार्यमार्फत आएको ३२ हजार उहाँले कुमल परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

बालिकाको उपचारका लागि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले १० हजार, कालिका बजार समितिले जुटाएको १२ हजार ३ सय ५५, कालिका बजार महिला समूहले १५ हजार ५ सय, विपतमा हामि अभियानबाट १० हजार सहयोग रकम जुटेको छ । द्रोण वनको पहलमा सिएमसिमा ४७ हजार छुट गराउन सफल भएको जनाईएको छ ।

अमृताको उपचारका लागि १ लाख २७ हजार ५ सय ५५ लागेको उनका बुवा श्याम कुमालले बताउनुभयो । ओशो खाद्य उद्योगमा मेल चलाउँदै आउनुभएका उहाँले आर्थिक अभावमा उपचारमा समस्या भएपछि सहयोगको याचना गर्नुभएको थियो । कुमाल परिवारजनले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

Share.

Leave A Reply