विजयनगर खानेपानी संस्थामा झण्डोत्तोलन

0


प्रेम क्षेत्री
असोज ३, गैंडाकोट । विजयनगर पम्पि∙ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले संविधान दिवसको अवसर पारेर संस्थामा झण्डोत्तोलन गरेको छ । राष्ट्रिय झण्डा र संस्थाको लोगो अंकित झण्डा गैंडाकोट ६ स्थित संस्थाको परिसरमा झण्डोत्तोलन गरेको हो ।
राष्ट्रिय झण्डा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख छत्रराज पौडेल र संस्थाको लोगो सहितको झण्डा वडा अध्यक्षहरु लक्ष्मीप्रसाद सापकोटा, चोलानाथ उपाध्याय र प्रेमप्रसाद सापकोटाले संयुक्तरुपमा झण्डोत्तोलन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख छत्रराज पौडेलले जनताद्वारा निर्वाचित जनप्रतिनिधिले जनताका लागि बनाएको संविधान पश्चात मुलक समृद्धिको यात्रामा अघि वढेको बताउनुभयो । उहाँले विजयनगर खानेपानी संस्थाले यस क्षेत्रका नागरिकलाई सहजरुपमा पिउने पानीको प्रवन्ध मिलाएको उल्लेख गर्दै शुद्धतामा ध्यान दिन आग्रह गर्नुभयो । अब नगरका हरेक कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा उहाँको जोड थियो ।


त्यस्तै गैंडाकोट ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्दै खानेपानी संस्थाले छोटो समयमा नै प्रगति गर्न सफल भएको बताउनुभयो । समुदायका सबैको लगानी साथ र सहयोगले यसले पूर्णता पाएको बताउँदै सबैले यसलाई संरक्षण समेत गर्नुपर्ने बताउनुभयो ।


विजयनगर पम्पि∙ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शुभाष चापागाईंले समुदायको लगानीमा समुदायकै लागि भएकोले उपभोक्तलाई सहज रुपमा खानेपानीको प्रवन्ध मिलाउन संस्था क्रियाशिल रहेको बताउनुभयो । अहिले जस्तै सबैको साथ र सहयोगले नै संस्थाले उन्नती गर्ने बताउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै संस्थाका सचिव जयराम कंडेलले संस्थालाई व्यवस्थि तगर्दै अघि वढिरहेको बताउनुभयो । कार्यक्रममा सामाजिक व्यक्तित्व, उपभोक्ता सदस्य, कार्यसमिति, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।


विजयनगर पम्पि∙ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था २०६४ बैशाख १७ गते स्थापना भएपनि विधिवत् रुपमा २०७१ माघ १२ गते जिल्ला जलश्रोत समिति, समितिको कार्यालय, नवलपरासीमा संस्था दर्ता भएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोट नगरपालिका अन्तर्गत वडा नम्बर ६, ७, ८ र ९ मा खानेपानी उपलब्ध गराउँदै आएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीबाट आयोजना सम्पन्न गरिएको हो । आयोजना सम्पन्न भए पश्चात २०७५ मंसिरबाट खानेपानी वितरण गर्दै आएको छ । संस्थामा हाल १ हजार ४ सय ४२ उपभोक्ता सदस्य रहेको संस्थाका कार्यालय सचिव जिवन थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply