नवलपुरका गायक र समाजसेवीलाई जनसेवा श्री (पञ्चम) मान पदवी

0


प्रेम क्षेत्री
असोज ३, गैंडाकोट । मेलोडियस गायकको रुपमा नेपाली संगीत क्षेत्रमा आनो छुट्टै पहिचान बनाउन सफल गायक कृष्ण काफ्लेलाई संविधान दिवसको अवसरमा जनसेवा श्री (पञ्चम) मान पदवी प्रदान गरिएको छ । बाट सम्मान गरिएको छ । विगत एक दशकदेखि नेपाली गीत संगीतमा अनवरत सक्रिय नवलपुर कावासोतीका कृष्णले हालसम्म सयौं गीतमा आनो सुमधुर आवाज दिइसक्नुभएको छ भने, दर्जनौं बढी गीतमा शब्द अनि संगीत पनि दिनुभएको छ ।
विशेषगरी नेपाली चलचित्र निर्माताको रोजाइमा पर्ने कृष्णले अधिकांश चलचित्रका गीतहरू गाउनुभएको छ । प्राय सबै गीतहरु चलेका पनि छन् । त्यसमध्ये पनि उहाँले गाएको चलचित्र मंगलमको “पर्ख पर्ख मायालु” बोलको गीत चर्चित छ ।
त्यस्तै समाजसेवी लालकृष्ण देवकोटालाई पनि संविधान दिवसको अवसरमा जनसेवा श्री (पञ्चम) बाट सम्मान गरिएको छ । विनयीत्रिवेणी ६ नवलपुरका देवकोटालाई समाजसेवीका रुपमा सम्मान गरिएको हो ।
सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरेको हो । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको हो ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिएको छ ।

Share.

Leave A Reply