देवचुली नगरपालिकामा आज ३३ जनामा कोरोना संक्रमण पुष्टी

0


असोज ३, गैंडाकोट
देवचुली नगरपालिकामा आज ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देवचुली नगरपालिकाको भदौ ३१ गते संकलन गरिएको ९७ जनाको स्वाबको प्राप्त रिपोर्टअनुसार वडा नम्बर ३ का २ महिला, वडा नम्बर ४ का १ पुरुष, वडा नम्बर ७ का १ महिला र ४ पुरुष, वडा नम्बर ११ का ९ महिला र ५ पुरुष, वडा नम्बर १४ का ६ महिला र ४ पुरुष, र वडा नम्बर १७ का १ पुरुष समेत जम्मा ३३ जनामा कोविड १९ को संक्रमण पुष्टि भएको भएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस्तै वडा नम्बर ११ को १ महिला को रिपोर्ट आउन बाँकि रहेको जनाईएको छ ।

Share.

Leave A Reply