गैंडाकोट नगरपालिकामा आएका नयाँ प्राविधिक कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको भन्दै ध्यानाकर्षण

0

डोलराज रानाभाट,गैंडाकोट, २ असोज । गैंडाकोट नगरपालिकामा रहेका नयाँ प्राविधिक कर्मचारीले घर नक्सा पासमा सेवाग्राहीलाई दुख दिएको भन्दै यसको समाधान गर्न नगरपालिकाभित्रका सुचीकृत प्राविधिक कन्सल्टेन्सीहरुले ध्यानाकर्षण गराएका छन् । यस अघि थोरै प्राविधिक कर्मचारीहरुको संलग्नतामा मात्र घर नक्सा पास गर्दै आएकोमा स्थानीय तहमा नियुक्ति भै नयाँ प्राविधिक कर्मचारीहरु मार्फत कार्य शुरु भए लगत्तै विविध समस्या र अड्चन आई नक्सा पास प्रक्रिया निकै गन्जाजोल हुन गएको छ ध्यानाकर्षण पत्रमा भनिएको छ , नगरपालिकाले स्पष्ट प्रक्रिया, प्रावधान तयार नगरी भवन संहिता र बाटो सम्बन्धि स्पष्ट मापदण्ड नहुँदा सेवाग्राही, जग्गाधनी तथा घरधनीलाई निकै नै समस्या आईपरेको छ ।
नयाँ प्राविधिक कर्मचारीका कारण नक्सापासमा कठिनाई भएपछि घरधनी बारम्बार नगरपालिका आउनुपरेको र समाधान नहुँदा नक्सा पास विनानै संरचना निर्माण हुन थालेको प्रति नगरपाकिला गम्भीर हुन आग्रह गरिएको छ । घर नक्सा नयाँ निर्माण परामर्शदाताहरुले लामो समय देखि मापदण्ड अनुसार काम गर्दै आईरहेको भएपनि पहिलो त्यही प्रावधान पास हुने अहिले समस्या सृजना गर्ने भन्दै यसो नगरी नक्सापासलाई सरलीकृत र सहजीकरण गर्न नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बोधार्थ बनाई ध्यानाकर्षण गराइएको हो । सूचीकृत सात वटा कन्सल्टेन्सीले संयुक्त रुपमा हस्ताक्षर गरी गरिएको ध्यानकर्षण पत्रमा १२ वटा सुझाव दिइ तत्काल कार्यान्वन गर्न माग गरिएको छ ।

यी सुझाव कार्यान्वयन भएमात्रै शुन्दर व्यवस्थित शहर निर्माण हुने भन्दै करदाता नगरवासीलाइ दुख नदिन आग्रह गरिएकोछ । हस्ताक्षर गर्नेहरुमा शाईन इन्जिनियरिङ कन्सल्टेन्सी,नारायणी टेनिङ एण्ड इन्जिनियरिङ प्रा.लि.,साउथ वेष्ट मल्टी प्रपोज कन्सल्ट,ग्राण्ड भ्यू इन्जिनियरिङ कन्सल्टेन्सी,ओनल इन्जिनियरिङ कन्सल्टेन्सी,जिनियस इन्जिनियरिङ कन्सल्टेन्सी र नेवरहुड क्रियसन इन्जिनियरिङ कन्सल्टेन्सी रहेका छन् ।

Share.

Leave A Reply