देवचुलीका संक्रमितको भरतपुरमा निधन

0

असोज २, नवलपुर
पूर्वी नवलपरासी देवचुली नगरपालिका एक जना कोरोना संक्रमितको निधन भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक संक्रमित पुरुषको निधन भएको हो । अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ११ निवासी ३१ वर्षिय पुरुषको शुक्रबार राति १२ः१८ बजेको समयमा निधन भएको हो ।
स्वासप्रश्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै निधन भएको लम्सालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply