नवलपुरमा पीसीआर मेशीन आउने निश्चित भएको मेयर पौडेलको दावी

0

गैंडाकोट, १ असोज । नवलपुर जिल्लामा चाँडै पीसीआर मेशीनको सुरुवात हुने भएको छ । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलका अनुसार पोखराका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङसँग कुरा भएको र उहाँले केन्द्र सरकारमा प्रस्ताव गरी चाँडै पीसीआर मेशीन उपलब्ध गराउने प्रतिवद्धता जनाएको नगरप्रमुख पौडेलले विजय एफएमलाई जानकारी दिनुभयो ।

आफूहरु प्रदेश सरकारकोमा डेलिगेशन जान समय माग गर्दा मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले त्यसका लागि पोखरा आउन नपर्ने र केन्द्र सरकारसँग आफूले प्रस्ताव गरिसकेको बताउनुभएको पौडेलले जानकारी दिनुभयो। चाँडै मेशीन जडान गरिने प्रतिवद्धता जनाएपछि डेलिगेशन जाने कार्य स्गित गरेको नगरप्रमुख पौडेलले विजय एफएमलाई बताउनुभयो ।

जिल्लामा संmक्रमितको सख्या वढ्दो अवस्थामा र स्वाव पठाएको हप्ता दिन हुँदा सम्म रिपोर्ट नआउँदा संक्रमण नियन्त्रणमा समस्या हुँदै आएको छ । जिल्लामा कुल संक्रमितको सख्या ७१२ पुगेको छ । जिल्लामा सक्रिय संमितको सख्या ३०३ पुगेको छ । समयमै पीसीआर रिपोर्ट नआउँदा निको हुनेहरु पनि लामो समय आइसोलेसनमै वसिरहन परेको छ भने पोजेटिभ नेगेटिभ रिर्पोट के आउने हो भन्ने कुर्दाकुर्दा व्यक्तिहरु तनावमा वस्न वाध्य भएका छन् ।

Share.

Leave A Reply