गणित बिषयलाई जिवनसँग जोडेर पढाउन आवश्यक

0

 


असोज १, गैंडाकोट
विद्यार्थीले गणितलाई कठिन विषयका रूपमा लिने गरेको नवलपुरका शिक्षकहरुले बताएका छन ।

शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरको आयोजना शिक्षा विकास तथा समन्वय ईकाइृ नवलपुरको समन्वयमा भएको गणित कसरी पढाउने भन्ने भर्चुअल संवादमा बोल्दै सूत्रहरू घोक्नु पर्ने, यसका अभ्यास गर्न गाह्रो लाग्ने, जीवनमा गणितीय समस्या उपयोग नभएको जस्तो लाग्ने गरेकाले विद्यार्थीहरुले यसलाई पढन मन नलाग्ने बिषय बनाउने गरेको शिक्षकहरुले बताएका छन ।

साथै विद्यार्थीलाई कसरी पढाउने भन्ने विषयमा अन्योलता रहेको बताउदै विद्यार्थीलाई अहिलेको समयमा शिक्षकले व्यवहारिकता तर्फ जोडेर पढाउन तर्फ कोसीस गरेको बताएका छन ।
गणित बिषयलाई जिवनसँग जोडेर पढाउन सके यससँग विद्यार्थी नडराउने गणित बिशेषज्ञ दयामान श्रेष्ठले बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरको आयोजनामा भएको गणित कसरी पढाउने भन्ने भर्चुअल संवादमा बोल्दै गणितलाई जिवनसँग जोडे विद्यार्थीले सजलै बुझ्ने बताउनुभएको छ । कतिपय विद्यार्थीले गणितका हिसाबलाई नै घोकेर परीक्षाको तयारी गर्ने गरेपनि बुझेर अध्ययन गरेमा गणितलाई सजिलो बनाउन सकिने उहाँको भनाई छ ।

गणितलाई हाउगुजीका रुपमा लिईएको हुनाले पनि विद्यार्थीले यसलाई सहज रुपमा लिन नसकेकाले यस्तो प्रकारको डर र भम्रलाई हटाउदै विद्यार्थीमा यो अन्य बिषयजस्तै सहज बिषय हो यसलाई पढन र बुझ्न सजिलो छ भनेर बुझाउनुर्पो बताउनुभयो । बिशेष गरि सिकाईको प्रकृयालाई जिवनसँग जोडेर गणित प्रति विद्यार्थीमा धारणा कन्सेप्ट बनाई लजिक र क्रियसनका आधारमा अध्ययन गराउदा सकारात्मक प्रभाव पर्ने श्रेष्ठको भनाई छ ।
नवलपुरमा अन्य बिषय भन्दा गणित बिषयमा शैक्षीक उपलब्धी राम्रो हुन नसकेको शिक्षा विकास तथा समन्वय ईकाइृ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरलले बताउनुभएको छ । अध्ययनशिल र ज्ञानप्राप्त पर्याप्त शिक्षक हुदा हुदै पनि नतिजा अपेक्षीत नहुनुले शिक्षकसँग भएको ज्ञानलाई विद्यार्थीसम्म पु¥याउदा प्रस्तुतीमा भएका समस्या पनि हुन सक्ने उहाँको बुझाई छ ।

बिभिन्न बिधिहरुलाई अवलम्बन गरि शैक्षीक गतिबिधि अगाडी बढाईने पोखरेलले जानकारी दिनुभएको छ । उहाँले विद्यार्थीका लागि सहज बातावरण बनाउन बिभिन्न निकायसँग सहजीकरण गरेर अध्ययन अध्यापनको बातावरण मिलाउने बताउनुभएको छ ।


यस्तै कार्यक्रममा बोल्दै शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका अध्यक्ष लक्ष्मी गौतमले गणित बिषय सबैले हाउगुजीका रुपमा लिने हुनाले गाहे बिषयमा रुपमा रहेको बताउदै यसलाई हटाउन सबैको भुमिका हुने बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रको बिकासका लागि बिभिन्न निकायसँग छलफल र समन्वय गर्दै अगाडी बढने बताउनुभयो । विद्यालय बन्द रहदा शिक्षा क्षेत्रमा प्रभाव परेको छ । अहिले सरकारले शैक्षीक शत्र खेर जान नदिनु नै राम्रो रहेको उहाको भनाई छ । उहाँले बिषयगत रुपमा प्रस्तुती कार्यक्रम गर्न पाउदा खुशी लागेको बताउनुभयो । साथै यो प्रयासलाई निरन्तरता दिदै आगामी दिनमा पनि अन्य कार्यक्रम गर्ने उहाको भनाई छ ।


कार्यक्रममा गणित बिषय कसरी पढाउने, विद्यार्थीले रमाईलो लाग्ने र जिवन सँग कसरी जोडन सकिन्छ भनेर बिशेष प्रस्तुती गणित बिशेषज्ञ दयामान श्रेष्ठको रहेको थियो । करिव ९० जना शिक्षक सहभागि भएको कार्यक्रममा अध्ययन र अध्ययापनका बिषयमा जिज्ञासा पनि राख्नुभएको थियो । भने जिज्ञासाको समाधान श्रेष्ठले गर्नुभएको थियो ।


विजय एफएम १०१.६ का मिडिया पार्टनरका रुपमा रहेको कार्यक्रम विजय एफएम १०१.६ र विजय एफएमको आधिकारिक फेसवुक पेजबाट पनि प्रत्यक्ष प्रशारण भएको थियो ।

गणित बिषय कसरी अध्ययन अध्यापन गराउन सकिन्छ भन्ने बिषयमा भर्चुवल संवाद कार्यक्रम

Posted by 101.6 Vijaya FM on Thursday, September 17, 2020

 

 

Share.

Leave A Reply