चितवन, १ असोज । चितवनमा कोरोनाको संक्रमण जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले असोज ७ गते सम्म निषेधाज्ञा थप गरेको छ ।
तर यस पटक निषेधाज्ञा थप भएपनि पसल र यातायात संचालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइका अनुसार तरकारी, फलफूल र खाद्यन्न पसल विहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म र अन्य पसलहरु विहान १० बजेदेखि बेलुका ५ बजेसम्म संचालन गर्न छुट दिएको छ भने निजी सवारीहरुलाई जोर विजोर प्रणालीमा संचालन गर्न अनुमति दिइएको छ ।
तर हाटबजार संचालन गर्न, ठेला रिक्सा लगायत घुम्ती पसलहरुमा पानी पुरी, चटपट लगायका फास्टफुडको व्यापार गर्न निषेध गरिएको छ ।
थप विस्तृत हेर्नुहोस सूचनामा