श्रीमानको हत्यामा संलग्न गैंडाकोट १८ की फुलमाया र मेख वहादुर विरुद्ध १० दिनको म्याद थप

0

गैंडाकोट, ३१ भदौ । गाउँकै पुरुषसँग मिलेर श्रीमानको हत्या गरी शव गाडेको बताएकी गैंडाकोट नगरपालिका वडानम्वर १८ हुर्चिल बस्ने ३८ वर्षीय फुलमाया सुगुरपाक र श्रीमतीसँग मिली हत्यामा संलग्न सोही ठाउँका ४० वर्षीय मेख बहादुर सुनारी विरुद्ध जिल्ला अदालत नवलपुरबाट १० दिनको म्याद थप भएको छ ।

 

४२ वर्षीय धनबहादुर सुगुरपाक मगरको हत्या आरोपमा पक्राउ परेका उनकी श्रीमती र पुरुष सुनारी मगरविरुद्ध १० दिनको म्याद थप भई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुले जानकारी दिएको छ । २०७६ साल असार २० गते धनवहादुर हराएको भनिएपनि श्रीमतीको शंकाष्पद गतिविधि देखेपछि प्रहरीले निगरानी राखेर पक्राउ गरेको थियो । पक्राउ पछि मेख वहादुरसँग मिली हत्या गरेर शव सुन्दरी सामुदायिक वनमा खाडल खनी पुरेको खुलेपछि प्रहरीले कंकाल निकालेको थियो ।

मृतक लाश उत्खनन् गर्दा गलिसकेको अवस्थामा मानव कंकाल फेला परेकोले उक्त लाशको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव परीक्षण गर्न भरतपुर अस्पताल चितवन पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुले जानकारी दिएको हो।

पक्राउ परेका विरुद्ध भदौ २९ गते बाट लागु हुने गरी नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भई रहेको सुचना अधिकृत डिएसपी खाँणले जानकारी दिनुभयो । उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धि कसुर अनुसार कार्वाही अघि बढाईएको छ ।

गैंडाकोटमा १४ महिनापछि प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको रहस्य खुल्यो, शव उत्खनन् गर्दै

 

Share.

Leave A Reply