नवलपुरमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ७ सय पुग्यो

0


प्रेम क्षेत्री
भदौ ३१, गैँडाकोट । नवलपुरमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ७ सय पुगेको छ ।
नवलपुरमा आज थप २ जनामा कोरोना सङ्क्रमण देखिएसँगै कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ७ सय पुगेको हो । आज सङ्क्रमण देखिएका कावासोतीका हुन् । आज जिल्लाका ४ जना उपचार पछि घर फर्किएका छन् । उनिहरुको जिल्ला बाहिर उपचार भईरहेको थियो । हालसम्म जिल्लाका ४ सय ४ जना कोरोना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् ।
हाल जिल्लामा २ सय ९१ जना कोरोना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार हाल जिल्ला बाहिर २५ र जिल्लाभित्र २६६ गरी २९१ जना उपचाररत रहेका छन् । कोरोना सङ्क्रमणका कारण जिल्लामा ५ जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैँडाकोटमा हालसम्म १४३ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै देवचुलीमा ११२ जना, कावासोतीमा ११२ जना, मध्यविन्दुमा ९० जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी विनयी त्रिवेणीमा १२२ जना, हुप्सेकोटमा ४४ जना, बुलिङटारमा ३८ जना र बौदिकालीमा ३९ जनामा सङ्क्रमण देखिएको छ ।
जम्मा सङ्क्रमित ७ सय मध्ये ४ सय ४ जना उपचारपछि घर फर्किएका हुन् ।

Share.

Leave A Reply