२४ घण्टामा देशभर १ हजार ५४९ कोरोना सङ्क्रमित थपिए

0


प्रेम क्षेत्री,
भदौ ३१, गैंडाकोट । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले १ हजार ५४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या भने १६ हजार २४२ रहेको छ ।
सक्रिय सङ्क्रमितमध्ये ८ हजार ५४१ जना संस्थागत आइसोलेसनमा र बाँकी ७ हजार ७०१ जना होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट मुक्त भई १ हजार ६८ जना घर फर्किएका छन् । सो सँगै हालसम्म निको हुनेको संख्या भने ४१ हजार ७०६ पुगेको छ । यो कूल सङ्क्रमितको करिब ७१.५ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा देशभर ८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ३७९ पुगेको छ ।

Share.

Leave A Reply