गरिमा सेवा केन्द्र शुभारम्भ

0


भदौ ३०, हुप्सेकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलवारदेखि हुप्सेकोट गाउँपालिका १ बेलुवाबाट एकिकृत सेवा शुभारम्भ गरेको छ ।

हुप्सेकोट १ बेलुवामा गरिमा सेवा केन्द्र मार्फत सेवा शुभारम्भ गरेको हो । गैंडाकोट ८ मा केन्द्रीय कार्यालय भई नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हुप्सेकोट १ बेलुवामा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लि. बिच यसअघि नै एकिकरण भएको थियो । मंगलवार एक औपचारिक कार्यक्रमका बिच नयाँ सुविधायुक्त कार्यालय सहित गरिमा सेवा केन्द्रको उद्घाटन गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले विकू नेपालको सर्बाेत्कृट बचत तथा ऋण सहकारी रहेको बताउँदै नीति, विधि र प्रविधि नै विकूको सफलता भएको बताउनु भयो । नवलपुर जिल्लाको सबै स्थानीय स्तरमा उत्कृष्ट वित्तिय सेवा पु¥याउने उद्देश्यले संस्थाले कार्यक्षेत्र बिस्तार गरेको बताउँदै सहकारी भावनाले सम्पूर्ण हुप्सेकोटबासीलाई संस्थामा आवद्ध गरि सर्वशुलभ वित्तीय तथा गैरवित्तीय कार्यक्रम मार्फत सदस्यहरुको जिवनस्तर वृद्धि, वित्तीय साक्षरता, प्रविधि साक्षरता, व्यावसायिकता विकास, उद्यमशिलता विकास र निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्ने मुख्य उद्देश्यले सेवा बिस्तार गरेको जानकारी दिनुभयो ।

५० पैसाबाट ६ अर्व र २६ जनाबाट ८० हजार शेयर सदस्य पुग्नु नै ठुलो सफलता रहेको बताउँदै उहाँले विकू राष्ट्रिय सहकारी अभियानमा सिकाइको पाठशाला तथा अन्तर्राष्ट्रिय सहकारीका लागि उदाहरणीय नमुना रहेको बताउनु भयो । कार्यक्रममा मन्तव्य दिदैं हुप्सेकोट गाउँपालिका १ का वडा अध्यक्ष एवं जनप्रतिनिधि चित्रबहादुर कानुङ मगरले विकू सहकारी उत्कृष्ट सक्षम र सबल सहकारी रहेको बताउँदै यस क्षेत्रको विकासमा विकूको महत्वपुर्ण योगदान रहने बताउनु भयो । साथै संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीय निकाएको तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुभयो ।


कार्यक्रममा गरिमा सेवा केन्द्रका संयोजक एवं पुर्व अध्यक्ष सानु भुसालले विकू बचत तथा ऋण सहकारी सँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसि भएको बताउँदै विकूले अगाडी सारेको निति तथा कार्यक्रहरुले हुप्सेकोटको विकास र जनताको जिवनस्तर परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका अध्यक्ष, सामुदायिक वनका अध्यक्ष, स्थानीय सामाजिक व्यक्तित्वहरु, शेयर सदस्यहरु, स्थानिय बासिन्दा, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न सेवाकेन्द्रका संयोजक, प्रमुख अधिकृत, लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले राख्नु भएको थियो, शुभकामना मन्तव्य लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुबेदीले व्यक्त गर्नुभयो भने कार्यक्रम संचालन सचिव प्रेमप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोरोना भाइरस संक्रमण कोभिड–१९ को प्रकोपलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाईएको थियो ।

Share.

Leave A Reply