नवलपुरमा २९३ जना कोरोना सक्रिय सङ्क्रमित

0


प्रेम क्षेत्री
भदौ ३०, गैँडाकोट । नवलपुरमा हाल २९३ जना कोरोना सक्रिय सङ्क्रमित रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार हाल जिल्ला बाहिर २९ र जिल्लाभित्र २६४ गरी २९३ जना उपचाररत रहेका छन् । नवलपुरमा हालसम्म ६ सय ९८ जनामा सङ्क्रमण देखिएको छ । ४ सय जना कोरोना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । जिल्लामा ५ जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैँडाकोटमा हालसम्म १४३ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै देवचुलीमा ११२ जना, कावासोतीमा ११० जना, मध्यविन्दुमा ९० जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी विनयी त्रिवेणीमा १२२ जना, हुप्सेकोटमा ४४ जना, बुलिङटारमा ३८ जना र बौदिकालीमा ३९ जनामा सङ्क्रमण देखिएको छ । जम्मा सङ्क्रमित ६ सय ९८ मध्ये ४ सय जना उपचारपछि घर फर्किएका हुन् ।

Share.

Leave A Reply