गैंडाकोटमा शव गायव भएपछि…

0


माया कंडेल
भदौ ३०, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर १ बृटिसक्याम्प नजिकै नारायणी नदि किनारमा एक महिलाको शव गायव भएपछि स्थानीय आश्चर्य चकित बनेका छन् ।
सोमबार साँझ करिब साढे ६ बजेको समयमा सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेपनि सो स्थानमा शव फेला पार्न नसकेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । सोमबार साँझ स्थनियले शव देखको बताएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
शव गायब गराईयो वा पानीले बगायो भन्ने एकिन भईनसकेको जनाउँदै उहाँले सुक्ष्म तवरबाट अध्ययन भईरहेको बताउनुभयो । उहाँका अनुसार घटनास्थलबाट घडी, चप्पल र सल बरामद् गरिएको छ । यी सामग्रीलाई आधार बनाएर घटनाका विषयमा अनुसन्धान चलिरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार शवमा किरा परिसकेको हुन सक्छ । नदिसम्म किरा फेला परेको उहाँको भनाई छ ।
शव फेला परेको स्थान मौलाकालिका सामुदायिक वन क्षेत्र पर्छ । पानीको वहावदेखी करिब १० मिटरको दुरीमा रहेका जनाईएको छ । स्थानीयका अनुसार सो शव महिलाको रहेको थियो । नारायणी नदि किनारको जंगलमा टाउको नभएको अवस्थाको महिलाको शव देखेपछि स्थानीयले हत्या पश्चात फालिएको हुन सक्ने आंकलन गरेका छन् । मृतकको पहिचान केही खुल्न सकेको छैन ।

Share.

Leave A Reply