नवलपुरमा पीसीआर मेशीन अत्यावश्यक हो, कार्यविधिले दिएमा सांसद विकासको २ करोड म दिन तयार छु ः सांसद लामिछाने

0

गैंडाकोट, ३० भदौ । नेपाली काँग्रेस नवलपुरका सभापति एवम गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले नवलपुरमा पीसीआर मेशीन अत्यावश्यक भएको बताउनुभएको छ ।

समुदायका व्यक्तिहरुमा संक्रमण वढ्दै जाने र रिपोर्ट कै लागि धेरै दिन पर्खन पर्ने वाध्यताबाट संक्रमण नियन्त्रणमा समस्या हुने भन्दै जिल्लामा जसरी पीसीआर मेशीन खरिद गर्नुपर्ने र यसका लागि काँग्रेसले निरन्तर आवाज उठाइरहेको बताउनुभयो । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै सांसद लामिछानेले संकटको वेला जनतालाई बचाउने दायित्व सरकारको भएको भन्दै गण्डकी प्रदेश सरकारले यो मागलाई गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गर्नुभयो ।

जनतालाई संकटबाट जोगाउन र महामारी नियन्त्रण गर्न काँग्रेसले निरन्तर आवाज उठाइरहेको भन्दै सांसद लामिछानेले सरकार बजेट अभाव देखाउदै पछि हट्न खोजे र यदि कार्यविधिले दिएमा सांसद विकास कोषको २ करोड रकम मेशीन खरिद र संक्रमित व्यक्तिहरुको शिघ्र उपचामार खर्च गर्न आफू तयार रहेको बताउनुभयो ।

जिल्लालाई प्रदेश सरकारबाट हुनुपर्ने सहयोग र आवश्यकतावारे आफूले टेलिफोनबाट पनि पटक पटक ध्यानाकर्षण गराइरहेको र चाँडै समन्वय प्रमुख सहितको टोली प्रदेश सरकार जाने तयारी भएको बताउँदै छिट्टै पीसीआर मेशीन सहितको सेवा सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

आफू जस्तै सवै जनप्रतिनिधि यो महामारीमा सहयोग गर्न तयार हुनुपर्ने भन्दै परिणाम देखिने गरी काम हुनुपर्नेमा आफूहरुले जोड दिँदै आएको बताउनुभयो । साथै अहिले हरेक स्थानीय तहमा आइसोलेसन बनाउने भन्दा भएको उत्कृष्ट रजहर प्राकृतिक चिकित्सालयमा थप आइसोलेसन व्यवस्थापन गर्नतर्फ ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

त्यसो भएमा कम खर्चमा थप व्यवस्थित हुने र संक्रमितलाई उपचार र व्यवस्थापन गर्न सहज हुने बताउनुभयो ।

 

कुराकानी सुन्नका लागि क्लिक गर्नुहोस

Live stream

समुदायमा संक्रमण फैलदो अवस्थामा नेपाली काँग्रेसले पीसीआर मेशिनको माग गरेको छ । मेशीन ल्याउने गरी काँग्रेस नवलपुले के पहल गर्छ ? नेपाली काँग्रेस नवलपुरका सभापति एवम गण्डकी प्रदेश सभासद विष्णुप्रसाद लामिछाने

Posted by 101.6 Vijaya FM on Monday, September 14, 2020

Share.

Leave A Reply