नवलपुरमा हालसम्म ६ सय ७९ जनामा सङ्क्रमण

0


गैंडाकोट । नवलपुरमा सोमबार साँझसम्म ४ सय जना कोरोना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । जिल्लामा हाल २७४ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार हाल जिल्ला बाहिर २९ र जिल्ला भित्र २४५ गरि २७४ जना उपचाररत रहेका छन् । नवलपुरमा हालसम्म ६ सय ७९ जनामा सङ्क्रमण देखिएको छ । ५ जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैंडाकोटमा हालसम्म १४२ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै देवचुलीमा ११२ जना, कावासोतीमा ११० जना, मध्यविन्दुमा ७३ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरि विनयी त्रिवेणीमा १२२ जना, हुप्सेकोटमा ४४ जना, बुलिङटारमा ३८ जना र बौदिकालीमा ३८ जनामा सङ्क्रमण देखिएको छ । जम्मा सङ्क्रमित ६ सय ७९ मध्ये ४ सय जना उपचारपछि घर फर्किएका हुन् ।
गैंडाकोटमा ७५ जना उपचार पछि घर फर्किएका छन् । ६५ जना सक्रिय सङ्क्रमित रहेका छन् र उनिहरु आईसोलेसनमा रहेका छन् ।
गैंडाकोटमा सोमबार वडा नम्बर ९ की ६२ बर्षीय महिलाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । मधुमेह, उच्च रक्तचाप, निमोनियाबाट ग्रसीत भै यहि भाद्र १५ गते सिएमसीमा भर्ना हुनुभएको थियो । १६ गते स्वाव जाँच गर्दा १७ गतेको रिपार्ट अनुसार सङ्क्रमण पुष्टी भएको र २८ गते राती मृत्यु भएको गैंडाकोट नगर स्वास्थ्य शाखाले जनाएको छ । यसअघि गैंडाकोट ५ का १ सङ्क्रमितको सिएमसिमा उपचारका क्रममा नै मृत्यु भएको थियो ।

Share.

Leave A Reply