गैंडाकोटमा १४ महिनापछि प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको रहस्य खुल्यो, शव उत्खनन् गर्दै

0


प्रतिकात्मक तस्वीर

प्रेम क्षेत्री,
भदौ २९, गैंडाकोट । गैंडाकोट १८ हुर्चिलमा १४ महिनापछि प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सो घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरीले १४ महिनापछि अहिले (सोमबार साँझ अबेरसम्म) शव उत्खनन् गर्दैछ ।
गैंडाकोट १८ हुर्चिलका ४० वर्षिय धनबहादुर सुगरपार्क १४ महिना अघिदेखी सम्पर्कविहिन थिए । उनको श्रीमतीको शंकास्पद गतिविधिपछि प्रहरीले गएराती उनलाई पक्राउ गरेको थियो । प्रारम्भिक वयानका क्रममा आरोपित मृतककी श्रीमती ३८ वर्षिय फुलमाया सुगरपार्कले स्थानिय मेखबहादुर सुनारीसँगको मिलेमतोमा श्रीमानको हत्या गरि शव गाडेको बताएपछि प्रहरीले शव गाडेको स्थानमा खोजतलास गरिरहेको छ । उनि र सुनारी प्रेमी प्रेमीका रहेको जनाईएको छ ।
सोमबार साँझ ७ बजेसम्म शव गाडेको स्थलमा शव उत्खनन् कार्य चलिरहेको गैंडाकोट १८ का वडाअध्यक्ष तिलबहादुर चितारेले जानकारी दिनुभयो । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पक्राउ परेका मेखबहादुर सुनारीले शव गाडेको स्थान देखाएपछि उत्खनन् कार्य अघि वढेको हो । आरोपित उनिहरु दुवैजना प्रहरी नियन्त्रणमा रहेका छन् । उनिहरुको वयानका आधारमा प्रहरीले गैंडाकोट १४ हुर्चिल घरदेखी करिब १ किलोमिटर टाढा सुन्दरी सामुदायिक वनमा गाडेको शव उत्खनन् गर्दैछ ।
मृतकका २ छोरी रहेका छन् । उनिहरुको विवाह भईसकेको जनाईएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Share.

Leave A Reply