नवलपुरमा बालबालिकाले भने “सिकाइ प्रक्रिया नरोकौँ”

0


गैँडाकोट, २९ भदौ । स्थानीय पालिका र शैक्षिक निकायहरुले शिक्षण सिकाइका सन्दर्भमा आवश्यक समन्वयमा कमि रहेको नवलपुरका बालबालिकाले गुनासो गरेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरद्धारा आयोजित भुर्चुअल संवादमा विद्यार्थीले पालिका र शैक्षिक निकायहरुबाट सिकाइ प्रक्रियाको ठोस कदम चाल्न माग गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी बर्दघाट सुस्तापूर्व र जागृति बाल तथा युवा सरोकार नेपालसंगको साझेदारीमा वर्तमान परिवेशमा बालअधिकार र सिकाइ छलफल कार्यक्रम भएको थियो । भर्चुअल संवाद कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो विजय एफएमले गरेको थियो ।

मध्यविन्दु नगरपालिका बाल सञ्जालका अध्यक्ष नवराज पाठकले टोलटोलमा शिक्षकहरुको माध्यमबाट सिकाइ प्रक्रिया अघि बढाउन सकिने सुझाब दिनुभएको छ । विपतको समयमा संक्रमित बालबालिकालाई हौसलाको कमि भएको भन्दै सिकाइ प्रक्रियामा पालिका उदासिन जस्तो देखिएको बताउनुभयो ।

बालबालिकाका कुरा स्थानीय पालिकामा सहजरुपमा लिन अझै पनि समस्या रहेको नगरबाल सञ्जाल गैँडाकोटका अध्यक्ष सुश्मिता भण्डारीले बताउनुभयो । विभिन्न संघसंस्थाहरुबाट हुने अनलाइन प्रतियोगिताको सहभागिता बाहेक सिकाइ प्रक्रियामा पालिकाहरुले ठोस कदम नचालेको बताउनुभयो ।

नगर बाल सञ्जाल देवचुलीका उपाध्यक्ष आस्था बस्ताकोटीले इन्टरनेटको प्रयाप्त पहुँच नहुदा नगरभित्रका धेरैजसो बालबालिकाहरु सिकाइ प्रक्रियाबाट टाढा रहनुपर्ने अवस्था रहेको बताउनुभयो ।

नगरबाल सञ्जाल बुलिङटारका अध्यक्ष टोलबहादुर रानाले पहाडी क्षेत्रमा इन्टरनेटको समस्या भएका कारण अहिले प्रचलनमा रहेको सिकाइ प्रक्रिया माध्यम जुम सार्थक नहुने बताउनुभयो । टोलटोलमा शिक्षकहरुको परिचालन गरेर सिकाइ प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो ।

नगरबाल सञ्जाल हुप्सेकोटका अध्यक्ष सदिक्षा तिमिल्सिनाले गाउँपालिकाले रेडियो कार्यक्रम सञ्चालन गरेर सिकाइ प्रक्रियामा सहजता थपेको बताउनुभयो ।

कावासोती बालसञ्जाल प्रतिनिधि सीता न्यौपानेले सिकाइ प्रक्रियाका सन्दर्भमा जुनकुनै माध्यमबाट सहज हुन्छ सबैबाट सिकाइ प्रक्रिया अघि बढाउन सुझाब दिनुभएको छ ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेलले कोभिडको अनुशासन पालना गर्दै जहाँ जसरी सकिन्छ सिकाइ प्रक्रिया अविलम्ब सुरु गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

रजहरको अस्थायि कोभिड अस्पतालमा रहनुभएकी संक्रमित बालिका गरिमा पोखरेलले कोरोना जित्नका लागि आत्मविश्वास नै पहिलो औषधि भएको बताउनुभएको छ । बालबालिकाहरुमा संक्रमणको जोखिम बढेको भन्दै यस तर्फ स्थानीय पालिका र अभिभावकहरुले सचेत कदम चाल्न सुझाब दिनुभएको छ ।

नेपाल सरकारका शिक्षा तर्फका पूर्व उपसचिव गोपालप्रसाद भण्डारीले बालबालिकाले दैनिक कार्यतालिका निर्माण गरि दुर शिक्षा आउने रेडियो टेलिभिजनको कार्यक्रमको समय समावेश गर्दै सिकाइ प्रक्रियामा सहभागि हुन सकिने बताउनुभएको छ । घरमा अभिभावकले समेत सिकाइ प्रक्रियामा सहजीकरण गर्न सकिने भन्दै स्व व्यवस्थापनका जोड दिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश बालपरिषदका सचिव आश्मा अर्यालले सिकाइका लागि फर्मल एजुकेशन मात्र नभइ जीवन उपयोगी कुराहरुको सिकाइ पक्रियामा समेत अभ्यस्त हुन सकिनेमा जोड दिनुभयो । यस सन्दर्भमा स्थानीय पालिकाहरुको स्पष्ट दिशानिर्देशको अभाव भएको बताउनुभयो ।

जागृति बाल तथा युवा सरोकार नेपालका प्रतिनिधि एवं बालमैत्री अभियन्ता दिपक शर्माले कोभिडबाट जिल्लामा बालबालिकामा परेको असर र बालमैत्री स्थानीय शासनका सन्दर्भमा जिल्लामा भएको अभ्यासका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा आयोजक संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका संयोजक लक्ष्मी गौतमले बालबालिकाको सिकाइ प्रक्रियाको सहजीकरणका लागि जिम्मेवार निकायहरुलाई अझ बढी जिम्मेवार बोध गराउन यस प्रकारका शिक्षा संवादका कार्यक्रम भएको बताउनुभयो । बालबालिकाको सिकाइ प्रक्रिया अविलम्ब सबै पालिकामा ठोस कामका साथ सुरु हुनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी बर्दघाट सुस्तापुर्वका प्रमुख कृष्णचन्द्र पोखरेलले बालबालिकाहरुले राखेका समस्या र गुनासोका सन्दर्भमा आफू सचेत रहेको बताउनुभयो । ति समस्यालाई सम्बन्धित क्षेत्रमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । जोखिमको सन्दर्भमा बालबालिकाको सिकाइ प्रक्रियाका सन्दर्भमा पालिकाहरुले सुरुवात गर्नुभएको छ । त्यसको प्रभावकारिता बढाउदै जानुपर्ने छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइले बालदिवशका अवसरमा आयोजना गरेको चित्रकला प्रतियोगिताको नतिजा समेत सार्वजनिक गरिएको छ । इकाइका प्रमुख पोखरेलले चित्रकला प्रतियोगितामा कुमारवर्ती आधारभूत विद्यालय देवचुली १३ का भिमसरा गाहामगर प्रथम, नेक्ससस मण्टेश्वरी ई.बो.स्कूल देवचुली १३ का निकिता शर्मा द्वितीय र प्रतिभा ईंग्लीस बोर्डिङ बौदीकालीका सरोज विक तृतीय स्थान हासिल गरेको बताउनुभयो ।

निवन्ध प्रतियोगितामा भिमसेन मावि देवचुलीका आदर्श भषाल प्रथम, कुमारवर्ती देवचुलीका कामना आचार्य द्वीतिय स्थान र लक्ष्मी मावि गैँडाकोट १५ का खेमराज आचार्यले तृतीय स्थान स्थान हासिल गर्नुभएको छ । चित्रकला प्रतियोगितामा ३० जना र निवन्ध प्रतियोगितामा १६ जनाको सहभागिता रहेको थियो ।

 

साक्षरता दिवशका दिन भएको कार्यक्रम बारेमा समाचार पढ्न तलको हेडलाइनमा क्लीक गर्नुहोस्

 

बैकल्पिक सिकाइका लागि केन्द्र नताकौँ, सुरक्षित सिकाइ प्रक्रिया सुरु गरौँ

 

 

विकल्प सिंहदरबारमा छैन, विकल्प सिक्ने र सिकाउने ठाउँमा छन्

 

 

 

 

राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सराेकारवालाका कुरा धेरै सुन्याैं अाज बालबालिकाका कुरा सुनाैं ।

Posted by 101.6 Vijaya FM on Monday, September 14, 2020

 

Share.

Leave A Reply