शिक्षा विकास तथा समन्वय इकाइद्धारा भएको बालदिवशका कार्यक्रमका नतिजा सार्वजनिक

0


गँैडाकोट, २९ भदौ । शिक्षा विकास तथा समन्वय इकाइले बालदिवशका अवसरमा आयोजना गरेको चित्रकला प्रतियोगिताको नतिजा आज सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्णचन्द्र पोखरेलले चित्रकला प्रतियोगितामा कुमारवर्ती आधारभूत विद्यालय देवचुली १३ का भिमसरा गाहामगर प्रथम, नेक्ससस मण्टेश्वरी ई.बो.स्कूल देवचुली १३ का निकिता शर्मा द्वितीय र प्रतिभा ईंग्लीस बोर्डिङ बौदीकालीका सरोज विक तृतीय स्थान हासिल गरेको बताउनुभयो ।
निवन्ध प्रतियोगितामा भिमसेन मावि देवचुलीका आदर्श भषाल प्रथम, कुमारवर्ती देवचुलीका कामना आचार्य द्वीतीय स्थान र लक्ष्मी मावि गैँडाकोट १५ का खेमराज आचार्यले तृतीय स्थान स्थान हासिल गर्नुभएको छ । चित्रकला प्रतियोगितामा ३० जना र निवन्ध प्रतियोगितामा १६ जनाको सहभागिता रहेको थियो ।

 

शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर, शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी बर्दघाट सुस्तापूर्व र जागृति बाल तथा युवा सरोकार नेपालसंगको साझेदारी एवं विजय एफएमको सहजीकरणमा बर्तमान परिवेशमा बालअधिकार र सिकाइ छलफल भर्चुअल कार्यक्रममा नतिजा प्रकाशन गरिएको थियो ।

Share.

Leave A Reply