महेन्द्र स्मारक आधारभूत विद्यालयबाट ४ थान कम्प्युटर र १ थान प्रोजेक्टर चोरी

0


भदौं २९, गैंडाकोट
गैंडाकोट २ को महेन्द्र स्मारक आधारभूत विद्यालयबाट गयराती ४ थान कम्प्युटर र १ थान प्रोजेक्टर चोरी भएको छ ।


गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष एवम् सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष धुव्रराम पौडेलले ४ थान कम्प्युटर र १ थान प्रोजेक्टर गरि करिव २ लाख ५० हजारको सामान चोरी भएको बताउनुभयो ।


गैँडाकोट नगरपालिका वडा नं. २ शिलन्यास चोकमा अवस्थित महेन्द स्मारक आधारभूत विद्यालयको कम्प्युटर हलकोठामा राखिएका ७ वटा कम्प्य्टर मध्ये ४ थान कम्प्युटर चोरी भएका छन । त्यसैगरी विद्यार्थीहरुलाई पठनपाठनकै क्रममा प्रयोगमा ल्याइएको प्रोजेक्टर समेत चोरहरुले लगेको पौडेलले जानकारी दिनुभएको छ । घटनाको प्रकृति हेर्दा ताला लगाइएको कोठामा चोरहरुले ढोकाको पल्ला उप्काएर भित्र प्रवेश गरेको देखिएको बताउनुभयो ।


यता ईलाका प्रहरी कार्यालय गैँडाकोटले घटनाको सम्वन्धमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Share.

Leave A Reply