आज राष्ट्रिय बाल दिवस, बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

0

गैंडाकोट, २९ भदौ । आज राष्ट्रिय बाल दिवस । विपदमा बाल अधिकार सुनिश्चिता हामी सवैको साझा प्रतिवद्धता नारा सहित आज विभिन्न कार्यक्रम गरि मनाइदैछ । सदाका वर्षहरुमा भौतिकमा रुपमा विभिन्न कार्यक्रम हुने भएपनि यस पटक भने जुम प्रविधिको प्रयोगबाट कार्यक्रम गरी वहस छलफलका कार्यक्रमहरु आयोजना भएका छन् ।

 

यसैविच आज दिउसो १ बजे वर्तमान परिवेशमा बालअधिकार सिकाई छलफल कार्यक्रम हुँदै छ । जुम प्रविधिको प्रयोगबाट हुने कार्यत्रमmको आयोजक शिक्षा विकास तथा समन्व्य इका नवलपुर, जागृति बाल तथा युवा सरोकार नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर रहेका छन् । विजय एफएम १०१.६ र विजय खवर पत्रिका ले मिडिया संयोजन गर्दैछ ।

यसैविच बाल दिवसको शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाको भविष्य सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । कोरोना महामारीको विषम परिस्थितिमा बालबालिका थप जोखिममा रहेकाले सवै जना सचेत हुन आह्वान गर्नुभएको हो । तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने राष्ट्रपति भण्डारीको आग्रह छ ।

महामारीका समयमा वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको भविष्यका जिम्मेवार नागरिक आजका बालबालिकाको संरक्षण र विकासमा दत्तचित्त भई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा साकार पार्न सम्बद्ध सबैको प्रतिबद्धताको अपेक्षा गर्नुभएको छ ।

 

यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश दिँदै नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९, बालबालिका सम्बन्धी अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतालाई अनुमोदन गरी बालबालिकाको संरक्षण तथा बाल अधिकारको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता जनाएको बताउनुभयो । सरकार यस प्रतिवद्धताका कारणले मात्र होइन, बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित छ , उहाँले भन्नुभयो ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । जस अनुरुप सरकारले बाल अधिकार सम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । चालु पन्ध्रौं आवधिक योजनाले बाल अधिकार सुनिश्चित बालमैत्री समाजको परिकल्पना गरी कार्यान्वयनमा अग्रसरता लिएको छ ।

 

अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन विताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने काम को थालनी गरेको प्रधानमन्त्रीको भनाई छं । ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान अन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको छ ।

Share.

Leave A Reply