गैडाले आक्रमण गर्दा नवलपुरमा एक घाइते

0

file photo

गैंडाकोट, २८ भदौ ।  गैंडाले आक्रमण गर्दा मध्यविन्दु नगरपालिका ३ ब्रम्ह्स्थानमा एक जना घाइते हुनुभएको छ । आज दिउसो साँढे २ बजेतिर गैंडाले हान्दा ५२ वर्षीय देबीराम महतो घाइते हुनुभएको हो । आफ्नै घर पछाडी बारीमा काम गर्ने क्रममा अचानक गैडाले आक्रमण गर्दा बाया खुट्टा र दाहिने हातमा चोट लागेको र उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाएर थप उपचारको लागी भरतपुर सामुदायीक अस्पताल चितवन पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो । घाईते को अवस्था मध्यम रहेको खाँणले बताउनुभयो ।

Share.

Leave A Reply