आफ्नो प्रतिवद्धतालाई व्यवहारमा लैजादै गैंडाकोटका प्रमुख प्रशासकीय अधिकृत भुषाल

0

डोलराज रानाभाट, गैंडाकोट, २८ भदौ । गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले विजय एफएमसँग गर्नुभएको कुराकानीलाई व्यवहारमा उतार्दै लैजानुभएको छ । उहाँले जनप्रतिनिधि र जनताको करबाट संचालन भएको कार्यालयबाट हुने अधिकाँश गतिविधि नागरिकलाई जानकारी दिनुपर्ने बताउनुभएको थियो । हरेक नगरवासीलाई सूचनाको पहुँच हुने र हेर्न जान्न पाउने अधिकारलाई आफूले रक्षा गर्ने बताउनुभएको भुषालले व्यवहारमा कार्यान्वयन गर्दै जानुभएको हो । नगरकार्यपालिकाको तेस्रौ बैठकका निर्णय वाहेक त्यसपछि भएका कुनै पनि कार्यपालिका बैठकका निर्णय वेवसाइटमा नराखेको नगरपालिकाले अहिले ६८ औँ नगरकार्यपालिकाको बैठकका निर्णयहरु वेवसाइटाम राखेको छ । साथै निर्णय प्रति फेसवुक पेजमार्फत पनि सार्वजनिक गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतमा भुषाल आएपछि विस्तारै वेवसाइट अपटेड हुन सुरु भएको छ भने नागरिकले स्वतह जान्न पाउने सूचनाहरु अपलोड भएका छन् ।

तेस्रो बैठक देखि ६७ औँ वैठकसम्मका निर्णय वेवसाइटमा नराखेको नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत भुषालले कार्यभार सम्हालेपछि बाट भने बैठकका निर्णय वेवसाइटमा सार्वजनिक गरिएको छ । तेस्रो पछि ६७ औँ बैठकसम्मका निर्णय नै नराखेर रित्तो भएको वेवसाइटको उक्त भाग ६८ औँ कार्यपालिका बैठकको निर्णयले साथ पाएको छ । बैठकले सवै वडामा वडाकार्यालय पुर्याउने, आव २०७६÷०७७ बाट सुरु भएको स्मार्ट सीटी कार्यक्रम अन्तगर्तको इ गर्भनेन्स पक्षलाई नमुनाको रुपमा गैडाकोट २ र ५ मा परीक्षण कार्य आरम्भ गर्ने निर्णय भएको छ ।

आवश्यक पर्ने स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्दे त्यसलाई अन्य वडामा पनि कार्यान्वयन गर्दै लैजाने उक्र निर्णयमा लेखिएको छ । २०७७ भदौ २६ गते प्रमाणाीत गरिएको बैठकमा अन्य विभिन्न सात वटा निर्णय भएका छन् ।

स्मार्ट सीटीसँगै गैडाकोटलाई नमुना शहरको रुपमा विकास गर्न १ हजार वर्गफिट सम्मका एक तला घरको नक्सा निशुल्क गरिने, १८ वटै वडामा प्रत्येक वडाका लागि एउटा गौरवको योजना छनौट गर्ने र डिपिआर तयार पारी प्रदेश र केन्द्र सरकारसँग आग्रह गर्ने लगायतका निर्णय छन् ।

 

निर्णय सार्वजनिकले कति निरन्तरता पाउँछ त्यो पर्खाइएको विषय भएपनि नगरवासीका लागि भने यो खुशीको कुरा रहेको छ । आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरुले के निर्णय गर्नुभएको छ भन्ने कुराको जानकारी वेवसाइटमा थाहा पाउने भएका छन् ।

Share.

Leave A Reply